सोमबार, फागुन १४, २०८०

कोरोना : दुई चिकित्सकसहित २० जना संक्रमित थपिए

नेपालखोज २०७७ जेठ २६ गते १३:५१

चितवन । चितवनमा २० जना कोरोना संक्रमित थपिएका छन् । दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

भरतपुर अस्पताल स्रोतका अनुसार भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएका नमूना परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको हो ।

तीमध्ये १७ जना चितवनका हुन् भने तीन जना नवलपरासीका हुन् । कोरोना संक्रमितमध्ये दुई जना चिकित्सक पनि छन् । उनीहरु भरतपुरको एक निजी अस्पतालमा काम गर्ने चिकित्सक भएको जनाइएको छ ।

प्रतिक्रिया