सदनमा आजबाट नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदै

नेपालखोज २०८२ वैशाख २२ गते ६:३२

काठमाडौं । सदनमा आजबाट नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने भएको छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा वैशाख १९ गते सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रममा छलफल हुने संसद् सचिवालयले जनाएकाे छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते (शुक्रबार) संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा आर्थिक वर्ष २०८२र०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव गर्ने कार्यसूची छ ।

नीति तथा कार्यक्रममाथि सदस्यहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गर्ने बैठकको सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया