कोरोना : कर्णालीमा फेरि थपिए १६ जना संक्रमित

नेपालखोज २०७७ जेठ २६ गते १३:५९

काठमाडौँ । कर्णालीमा फेरि १६ जना कोरोना संक्रमित थपिएका छन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अनवेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट थप १६ जनामा कोरोना पुष्टि अस्पताल स्रोतले जनाएको छ ।

थपिएका संक्रमितमध्ये दैलेखका १० जना, सल्यानका छ जना र सुर्खेतका एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । थपिएका १६ जनासँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ६५७ जना पुगेको छ ।

प्रतिक्रिया