लकडाउनमा जागिरबाट हटाएपछि शरीरमा आगो लगाएका पुरुषको मृत्यु
अछाम । आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका पुरुषको मृत्यु भएको छ । बयालपाटा अस्पतालका एक जना कर्मचारीले आज आफ्नै शरिरमा आगो लगाएका थिए । अस्पतालले हालै ३३ जना कर्मचारीलाई हटाएको थियो । तीमध्ये सरसफाईको काम गर्ने साँफेबगर नगरपालिका–६ का सिद्धार्थ आउजीले आफ्नै शरीरमा आगो लगाएका हुन्।
अस्पतालले हटाएको चिठी दिएदेखि नै सिद्धार्थ तनावमा रहेको उनका सहकर्मी बताउँछन्। आफूलाई आगो लगाउनु अघि उनले ५ मिनट भाषण समेत गरेका थिए।
महामारीकै समयमा परिवारको रोजीरोटी चल्ने माध्यम नै बन्द भएपछि न्यूनस्तरका धेरै कर्मचारी तनावमा छन्।
बयालपाटा अस्पतालले भने अस्पतालमा आर्थिक अभाव भएको भन्दै कार्यसम्पादन, अनुशासन सबै हेरेर कर्मचारी हटाएको बताएको छ ।
अस्पतालको गेट अगाडि सोमबार बिहान आफ्नै शरीरमा आगो लगाएका आउजीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगन्ज लगिएको थियो ।
प्रतिक्रिया