बिहीबार, चैत ६, २०८१

फरार प्रतिवादी पक्राउ

नेपालखोज २०७७ जेठ २७ गते ११:१२

राजविराज । डाका मुद्दामा फरार एक अभियुक्तलाई सप्तरी प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरूङ्गा नगरपालिका–८ बस्ने हरिलाल रामका ३२ वर्षीय छोरा अनिलकुमार राम रहेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

Advertisement

फरार प्रतिवादी रामलाई इलाका प्रहरी कार्यालय कडोरबोनाबाट खटिएको प्रहरीको टोलीले घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला अदालत राजविराजले विसं २०७१ असार १७ गतेको गरेको फैसलामा डाका मुद्दामा रामलाई अदालतले तीन वर्ष कैद सजाय तोकेको थियो । पक्राउ परेका उनलाई जिल्ला अदालत सप्तरीमा उपस्थित गराइएको छ ।

प्रतिक्रिया