सरकार विरुद्ध बालुवाटारमा प्रदर्शन (भिडियोसहित)
नेपालखोज
२०७७ जेठ २७ गते १५:४२
काठमाडौं । लकडाउनको विरोध गर्दै आज बालवाटारमा प्रदर्शन भएको छ ।
लामो समयदेखिको लकडाउनले नागरिकको जनजीवन अस्तव्यस्त भएको भन्दै उनिहरुले बालुवाटार अगाडी गएर सरकारको विरोध गरेका छन् । उनिहरुले ‘अरबौको पैसा कहाँ गयो’, ‘वेक अप गभर्नमेन्ट’, ‘भाडा तिर्न गाह्रो भो ढुंगा जस्तो साह्रो भो’, ‘जनता मार्न पाइदैँन’जस्ता नारा लगाएर सरकारको विरोध गरेका छन् ।
उनिहरुलाई भेन्टिलेटर कहाँ छ भन्दै सरकारलाई प्रश्नसमेत गरेका छन् । उनिहरुले दश अर्ब खै ? कर केका लागि ? सरकारको सरोकार कर्पोरेट PCR? जस्ता लेखिएका प्लेकार्ड बोकेका थिए ।
सम्बन्धित
प्रतिक्रिया