शनिबार, जेठ ११, २०८२

सीमा समस्या समाधानका लागि भारत इच्छुक देखिएन : परराष्ट्रमन्त्री ज्ञवाली

नेपालखोज २०७७ जेठ २७ गते १६:०८

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा समस्या समाधानका लागि पटकपटक वार्तामा बस्न आग्रह गर्दा पनि भारत तयार नहुनुलाई आश्चर्यजनक भएको प्रतिक्रिया दिएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत सम्बन्धित मन्त्रालयसँग सम्बन्धित बजेटका विषयमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले अतिक्रमित भूमिको विवाद सुल्झाउन भारतलाई वार्तामा राख्न निरन्तर ताकेता गरिरहेको जानकारी दिँदै भारतले नचाहिरहेको जानकारी गराए ।

‘वार्ताका लागि निरन्तर ताकेता गरिरहेका छौं। वार्ता बाहेकको अर्को विकल्प छैन। हामीले सुगौली सन्धिबाट कायम भएको भूमि दाबी गरेका छौं’ उनले भने ‘लद्दाखमा भारत धकेलाधकेल पन्छाएर वार्तामा बस्ने तर नेपालको हकमा भने वार्तामा बस्न नचाहनुले हामीलाई पनि आश्चर्यमा पारेको छ ।’

सांसदहरूले प्रश्न राख्ने क्रममा बोलेका कतिपय शब्दमा ख्याल गर्न आग्रह गर्दै मन्त्री ज्ञवालीले नक्साबारे टिप्पणी गर्दा आफ्नै मर्यादा बिर्सन नहुने सुझाव सांसदहरूलाई दिए ।

प्रतिक्रिया