बिहीबार, चैत ६, २०८१

संविधान संशोधन विधेयकमाथि कांग्रेसको दृढ समर्थन

नेपालखोज २०७७ जेठ २७ गते १७:२१

काठमाडौँ । प्रतिनिधिसभामा नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि सैद्धान्तिक छलफल सुरु भएको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाम्फेले संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेकी हुन्। त्यसपछि उक्त विधेयकमाथि सांसदहरुले बोल्ने क्रम सुरु भएको छ।

Advertisement

छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल कांग्रेस सांसद बालकृष्ण खाणले विधेयकका पक्षमा मतदान गर्न कांग्रेस केन्द्रीय समितिले संस्थागत निर्णय गरेको जानकारी गराए। उनले भने, ुनक्सालाइ संविधानको अनुसूचि अनुकूलन गर्नका लागि ल्याइएको विधेय सकारात्मक छ । यसको पक्षमा नेपाली कांग्रेसको दृढ समर्थन छ।ु

नेपालको निशान छापमा अध्यावधिक नेपालको नक्सा समेट्नका लागि संविधान संशोधन विधेयक दर्ता भएको थियो। छलफलमा सांसदहरु कृष्णभक्त पोखरेल, राजेन्द्र श्रेष्ठलगायतले भाग लिएका छन्।

प्रतिक्रिया