शनिबार, माघ १२, २०८१

कोरोना : विश्वमा ४ लाखभन्दा बढीको मृत्यु, ७२ लाखभन्दा बढी संक्रमित

नेपालखोज २०७७ जेठ २७ गते १७:४८

काठमाडौँ । कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ८ हजार ९७५ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७२ लाख १० हजार १९६ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

Advertisement

नेपाली समयानुसार मंगलबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३५ लाख ५० हजार ५५९ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३२ लाख ५० हजार ६६२ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५३ हजार ७८८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २० लाख २६ हजार ५९७ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १३ हजार ६१ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ११ लाख ७६ हजार ५८४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । त्यहाँ ५१ हजार ३३७ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २३ लाख ७ हजार ३०१ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ३६ हजार ७७१ जनाको मृत्यु भएको छ ।

युरोपमा २१ लाख १८ हजार २१६ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ७९ हजार ५६८ को मृत्यु भएको छ । एसियामा १३ लाख ९९ हजार ४०९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३५ हजार ७७० जनाको मृत्यु भएको छ ।

अफ्रिकामा १ लाख ९९ हजार ७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ५ हजार ३९० जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ८७७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया