बुधबार, जेठ १, २०८२

गृह मन्त्रालय : फ्रन्टलाइनमा खटिरहेका स्वास्थ्यकर्मी माथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न निर्देशन

नेपालखोज २०७७ भदौ ७ गते २०:४७

काठमाडौं। स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेमाथि कारबाही गर्न गृह मन्त्रालयको निर्देशन दिएको छ । कोरोना महामारीविरुद्ध फ्रन्टलाइनमा खटिरहेका स्वास्थ्यकर्मी माथि दुर्व्यवहार भएका घटनाहरु बाहिरिन थालेपछि दुव्र्यवहार गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ। गृह मन्त्रालयले सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई यस्ते निर्देशन दिएको हो।

शनिबारमात्र राजधानी काठमाडौंको बानेश्वरमा क्वारेन्टिनमा बसेका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि टोलबासीहरुले दुर्व्यवहार गरेका थिए। बानेश्वरको मिलन चोकमा स्वास्थ्यकर्मीलाई राखिएको भन्दै टोलबासीहरुले विरोध गरेका थिए। यसअघि पनि स्वास्थ्यकर्मीमाथि अपमान र दुर्व्यवहार भएको थियो। स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारको सवत्र आलोचना भएको छ।

यसैबीच कोरोना महामारीको जोखिममा मास्क नलगाउनेहरुलाई सरकारले कारबाही गरेको छ। गृहमन्त्रालयले आइतबार जारी गरेको विज्ञप्ति अनुसार हालसम्म मास्क नलगाउने ३१ हजार ६०६ जनालाई कारबाही गरिएको छ। मास्क नलगाउने ४ लाख ६४ हजार २१६ जनालाई नियन्त्रणमा लिइएकोमा ३ लाख ९० हजार ५४५ जनालाई सम्झाई बुझाई छोडिएको गृह मन्त्रालयले जनाएको छ।

यस्तै ४२ हजार ६५ जनालाई भने मास्क वितरण गरिएको छ।मन्त्रालयले हालसम्म उपत्यका प्रवेश गर्न खोज्ने २० हजार ८७६ जनालाई उपत्यका प्रवेश गर्ने नाकाबाटै फर्काइएको जनाएको छ।

प्रतिक्रिया