मंगलबार, चैत ११, २०८१

आज बुधबार लकडाउनको समय घरमै कृष्ण भगवानको आराधना गर्नुहोस मन शान्त रहनेछ ।। आजको राशिफल ।।

नेपालखोज २०७७ जेठ २८ गते ६:०४

आज २८ जेठ २०७७ बुधवार को राशिफल

Advertisement

मेष
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ । कुनै कारणवश रोकिएको कामले पनि गति लिनेछ ।

मिथुन
आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मिलनसार साथीले नै धोका दिन सक्छन् ।

सिंह
धर्म,कर्ममा तथा समाज सेवामा मन लाग्नुका साथै दैनिक कार्यमा प्रगति हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।

तुला
आज आफन्तको प्रगतिमा मन रमाउनेछ । पुनर्मिलनको योग रहेको छ । नयाँ कार्यको योजना रोजगारको अवसर मिल्नेछ ।

धनु
शुभकार्यको चर्चा चल्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । पढाइमा प्रगति हुनेछ ।

कुम्भ
गरेको कार्यमा वाधा आइपर्ला । व्यक्तिगत खुसीका लागि पनि केही खर्च हुनसक्छ । स्वास्थ्य एवं खानपानमा सजगता अपनाउनु होला ।

बृष
कामको धपेडी भएपनि सफलता मिल्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला ।

कर्कट
आज लाभ, हानी, आय, व्यय, सुख, दु:ख वरावरी खालको समय छ । सानातिना बाधा आइलागे पनि समस्या समाधान हुनेछ ।

कन्या
शैक्षिक एवं प्रतियोगितात्मक कार्यमा सफलता हात पर्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ ।

बृश्चिक
विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । आकस्मिक उपहार प्राप्त हुनसक्छ ।

मकर
आज बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

मीन
मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक कार्यमा रुचि बढ्नेछ । दाम्पत्य जीवनमा आपसी मायाँ एवं समझदारी कायम रहनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया