बिहीबार, माघ १०, २०८१

नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशतमा झर्ने विश्व बैङ्कको प्रक्षेपण

नेपालखोज २०७७ जेठ २८ गते ७:३८

काठमाडौं । कोरोना महामारीका कारण सिर्जित परिस्थितिले विश्व अर्थतन्त्र शिथिल बन्दा आर्थिक वृद्धिदरमा ठूलो झट्का लाग्ने विश्व बैङ्कले प्रक्षेपण गरेको छ ।

Advertisement

विश्व बैङ्कले सोमबार मात्रै सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स २०२०’ सम्बन्धी प्रतिवेदनले महामारीको प्रभावबाट विश्वका कुनै पनि क्षेत्र अलग नरहने उल्लेख गरेको छ ।

प्रतिवेदनमा दक्षिण एसियाली मुलुकहरूमा कोभिड १९ बाट सङ्क्रमितको सङ्ख्या तुलनात्मक रूपमा कम देखिए पनि छोटो अवधिको आर्थिक गतिविधिमा भने नराम्रो असर परेको उल्लेख छ ।

यस क्षेत्रको आर्थिक वृद्धिदर औसतमा २.२ प्रतिशत हुने अनुमान गरिएको छ । जसमध्ये नेपालको चालू वर्षको वृद्धिदर १.८ प्रतिशत मात्र हुने प्रक्षेपण विश्व बैङ्कको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया