सीमाबाट उद्धार गरिएका नेपाली सवार टिपर दुर्घटना : दुईको मृत्यु, चार घाइते {अपडेट}
नेपालखोज
२०७७ जेठ २८ गते ११:५३
काठमाडौं । सीमा क्षेत्रबाट उद्धार गरिएका नेपालीहरुलाई क्वारेन्टिन स्थलमा लिएर जाँदै गरेको ना८ख ५१३३ नम्बरको टिपर दुर्घटना परेको छ ।
प्रहरीको अनुसार दुर्घटना परेर हालसम्म दुईजनाको मृत्यु भएको र चार जना घाइते भएका छन् ।
३९ जना सवार उक्त टिपर कालिकोटको राजकोट नगरपालिकामा दुर्घटनामा परेको हो ।
टिपर नदीमा खसेको छ र दुर्घटनास्थलमा नेपाली सेना र प्रहरीहरुको टोली उद्धारमा खटिएका छन् । घटना बारे थप विवरण आउन बाँकि छ ।
सम्बन्धित
प्रतिक्रिया