कार्पेट प्रकरण : राष्ट्रपतिविरूद्ध प्रहार की गणतन्त्र विरुद्ध प्रहार ?
नेपालखोज
२०७७ जेठ २८ गते १४:००
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रको विरोध गर्न राष्ट्रपतिविरूद्ध प्रहार गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफमा उनले मिडिया तथा केही व्यक्तिहरु उद्देश्यमूलक ढंगले सरकार तथा व्यवस्थाविरुद्ध नै लाग्न थालेको बताए।
सञ्चारमाध्यमसहित केही व्यक्तिले राम्रा कुरा गर्नै नजानेको भन्दै उनले आश्चर्य प्रकट गरे।
प्रधानमन्त्री ओलीले राष्ट्रपति निवासको प्रयोजनका लागि किनिएको सामग्रीको विरोधले गणतन्त्रकै विरोध भएको टिप्पणी गरे।
“राष्ट्रपतिले यो सामग्री किन, यो नकिन भन्ने कुरा आउँदैन। चौरी चिटिक्क पार भन्ने कुरा आउँदैन,” उनले तर्क गरे। प्रधानमन्त्रीलाई पनि आफ्नो निवासमा कस्तो कार्पेट हालिँदैछ वा कसले हाल्दैछ भन्ने थाहा नहुने बताए।
सम्बन्धित
प्रतिक्रिया