बिहीबार, माघ १०, २०८१

सेनाले स्वास्थ्य सामग्री किन्दा आपत्ति जनाउन आवश्यक छैन -प्रधानमन्त्री

नेपालखोज २०७७ जेठ २८ गते १४:२४

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाले स्वास्थ्य सामग्री किन्दा कसैले पनि आपत्ति जनाउन आवश्यक नरहेको बताएका छन्। प्रतिनिधिसभा बैठकमा बुधबार प्रधानमन्त्री ओलीले राज्यका सम्पूर्ण अंग परिचालन गर्दा सेनालाई पनि जिम्मेवारी दिएको बताएका हुन्।

Advertisement

प्रधानमन्त्रीले भने, ‘यसअघि पनि नेपाली सेनाले प्लेन पनि किनेको छ, हतियार पनि किनेको छ, हेलिकप्टर पनि किनेको छ, अरु सामग्री पनि किनेको होला, बिस्कुट किनेको होला, थुप्रै चिज किनेको होला, त्यो बेला व्यापारिक भएन। केही सामग्री छिटोछरितो रुपमा ल्याउँछ भने त्यतिबेला व्यापारिक हुने ?’

सेनाको पनि आफ्नै अस्पताल भएकाले उसले आफ्नो अस्पताल सञ्चालन गर्न सामग्री ल्याउँछ भने त्यसमा आपत्ति जनाउनुपर्ने प्रधानमन्त्रीको भनाइ छ।

उनले भने, ‘२८ हजार पीसीआर, पीपीई र केही सामान आफूलाई आवश्यक पर्ने सामान किन्दा यसमा आपत्ति हुनुपर्ने किनरु सेना सरकारको एक अंग हो, त्यसैले सुरक्षासम्बन्धी सबै निकाय परिचालन गरिन्छ।’ गृहको अधिकार नखोसी सेनालाई अधिकार दिइएको प्रधानमन्त्री ओलीले बताए। सेनालाई केही फरक व्यवहार गरेर धारणा राख्नु नपर्ने उनले बताए।

प्रतिक्रिया