आइतबार, वैशाख २३, २०८१

कथा डिल्ली चौधरीको ?

नेपालखोज २०८० वैशाख १५ गते १०:३१

डिल्ली चौधरीको परिवार कुनै बेला जमिन्दारको घरमा कमैया बस्थ्यो। पढाइ लेखाइ उनको समुदायमै आकाशको फल जस्तै थियो। डिल्ली थारु समुदाय सहित अन्य अल्पसंख्यक गरिबीको रेखामूनी रहेका नागरीकहरूलाई समेत शिक्षाको उज्यालो छर्न व्याकवार्ड सोसाइटी (बेस) मार्फत टुकी लिएर गाउँगाउँ छिरे।

लाखौं सीमान्तकृत समुदायलाई ज्ञानको प्रकाश छरे। जसको चर्चा यहाँ मात्रै हैन विश्वभर नै उत्तिकै भइरहेको छ। कमैया मुक्ति आन्दोलन र थारु समुदायमा शिक्षाको दियो वाल्ने चौधरी बाल अधिकारको क्षेत्रमा पनि क्रियाशिल बने। भारतका बालवचाओ अभियानका कैलास सत्यार्थीसँगको सम्वन्धका कारण उनी बालवालिकाको शिक्षाका क्षेत्रमा पनि क्रियाशिल भए।

१७ वर्षको कलिलो उमेरमा नै डिल्लीबहादुर चौधरीले नेपालको सामाजिक, राजनीतिक र आर्थिक रुपमा विपन्न तथा पिछडिएका जनताको उत्थानको लागि संगठन बनाएर आफ्नो जीवनकालको महत्वपूर्ण कामको सुरुवात गरेका थिए । नेपालको तत्लो तराई क्षेत्रमा बसोबास गर्ने, राज्यको सेवा र स्रोतका साथै विविध पक्षले बञ्चितीकरणमा परेका आदिवासी थारु र पछिपरेका अन्य समुदायमा केन्द्रित भएर कार्यलाई अगाडी बढाइरहदा उनको कामले नेपाल र नेपाल बाहिरका विभिन्न क्षेत्र तथा देशमा पनि सकारात्म प्रभाव पारेको छ।

थारु समुदायमा जमिन्दारहरूले दासताको प्रभाव बढाएर आर्थिक तथा सामाजिक श्रमिक शोषण गर्न थाले। पुस्तौं पुस्तासम्म थारुहरू माथि गर्ने शोषण वढ्दै गयो र पुस्तौ सम्म थारुहरू ऋणमा अल्झिदै गए। त्यस पछि कमैया मुक्तीको आन्दोलनमा डिल्ली लागे र सफल पनि भए। राजनीति परिवर्तन र सशक्तिकरणमा जुटेका चौधरीलाई तत्कालिन निरंकुश पञ्चायत शासन ब्यवस्थाले देशद्रोही भएको आरोप लगाउदै धेरै पटक थुनेको छ।

डिल्लीबहादुर चौधरीको कामको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता पाएको छ। उहाँलाई अशोका फेलोशिस, संयुक्त राज्य अमेरिका (१९९२), रिवोक अन्तर्राष्ट्रिय मानवअधिकार पुरस्कार, भूतपूर्व राष्ट्रिपती जिमि कार्टरले दिनु भएको संयुक्त राज्य अमेरिका (१९९४) द एन्टिस्लेभरी इन्टरनेशनल अवार्ड, यूके (२००२) प्रदान गरिएको छ। उनलाई दासता विरुद्ध काम गरेवापत चौधरी नेपाल सरकारबाट पुरस्कृत २ पुरस्कारहरुः सुप्रवल गोर्खा दक्षिण बाहु तेस्रो (१९९४) र सुप्रबल गोर्खा दक्षिण बाहु त्रिशक्ति पट्ट (२००४) तथा रामकृष्ण जयदयाल हार्मनी अवार्ड, भारत (२००३) पाउनु भएको छ।

सामाजिक क्षेत्रमा क्रियाशील चौधरीको एकदिन आरजु राणा देउवासँग भेट भयो। चौधरीले सामाजिक क्षेत्रमा काम गरेर बनाएको छविका कारण आरजुले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गराइन । त्यसपछि देउवाबाट प्रभावित भएर कांग्रेसबाट राजनीति थालेको चौधरी बताउँछन्। २०६४ सालमा देउवाकै कारण चौधरीले एकाएक दाङको क्षेत्र नम्बर ४ मा टिकट पाउँदा स्थापित र पुराना नेता जिल खाएका थिए। मुख्यमन्त्री चौधरी देउवाका विश्वास पात्रमध्येका एक हुन् । अस्थायी राजधानी बुटवल तोक्नुभन्दा पहिला हरेक साल माघीका अवसरमा देउवा चौधरीको निम्तोमा दाङ आउथे । उनकै पालामा पूर्वाधारको कारण देखाएर बुटवललाई अस्थायी राजधानी घोषणा गरिएपछि दाङवासीको रोष हुने देखेर देउवा माघीमा दाङ आउन छोडेकाे मानिन्छ।

माघीमा दाङ पुग्दा देउवाले एक पटक डिल्लीबहादुर चौधरीलाई ’ब्ल्याक डाइमन्ड’ को उपमा दिएका थिए।’मैले डिल्लीलाई त्यत्तिकै यो उपमा दिएको होइन,’ त्यतिखेर देउवाले भनेका थियो, ’जसरी वर्षौं जमिनमुनि दबिएर आफैंभित्र जलेर पृथ्वीको गर्भभित्र बहुमूल्य धातु तयार हुन्छ, ठीक त्यसैगरी विगतमा डिल्लीले समुदायका लागि गरेका धेरै सकारात्मक कामहरू छन्।’

मुख्यमन्त्री चौधरीलाई ’जिरोबाट संघर्ष गर्दै हिरो भएका व्यक्ति’ भनिन्छ। डिल्ली वहादुर चौधरीको यात्रा वेसदेखि प्रदेश सम्मै चर्चामा छ। लुम्बिनी प्रदेशका पर्यटन ग्रामिण तथा सहरी विकास मन्त्रीको रुपमा प्रदेश सरकारका डेढ वर्ष काम गरेका चौधरी यस वर्षको निर्वाचनबाट मुख्यमन्त्रीको लाईनमा पुगे ।

२०४२ साल देखि राजनीति र सामानिक सेवामा सक्रिय चौधरी भारी मतान्तर सहित यस पटक दाङ निर्वाचन क्षेत्र नं ३ (१) बाट प्रदेशसभा सदस्यका लागि दोस्रो पटक निर्वाचित भए । अहिले लुम्बिनीको नेतृत्वमा पुगे ।

दाङ निर्वाचन क्षेत्र नं ३ ( १) बाट प्रदेशसभा सदस्यमा निर्वाचित चौधरीको अवको लक्ष प्रदेशको नेतृत्व गर्ने छ। सामाजिक अभियन्ताका रुपमा चिनिएका चौधरीलाई संघिय सरकारले पनि मुल्यांकन गर्यो। त्यसैले उनी राजनितिमा समानुपातिक सांसदका रुपमा राजनितिमा तानिए । २०७०/०७४ का संविधानसभा सदस्य रहे । त्यही समयमा उनी श्रमराज्य मन्त्रीको पनि भुमिकामा रहे । बैदेशिक रोजगारलाई सहज र व्यवस्थीत बनाउन पनि चौधरीको छोटो समयमै अर्थपुर्ण योगदान रह्यो।

यस अघि उनले लुम्विनी प्रदेशको सार्वजनिक लेखा समितिका सभापतिको हुँदा प्रदेश सरकारमा ह्वाइट वडि (सेता गाडी) काण्डलाई उजागर गर्दै कमिशनमा खरीद भएको आफैले चढेको गाडि पनि स्टोरमै फिर्ता गरेका थिए । प्रदेश सरकारको गुमेको झण्डै ६० लाख रुपैया फिर्ता गराएका थिए ।

दाङलाई राजधानी घोषणा गर्ने र कार्यान्वयन गर्ने सन्दर्भमा उनको महत्वपूर्ण भूमिका रहेको छ। उनकै कार्यालका राजधानीको पूर्वाधार निर्माणको काम समेत सुरु भएको थियो । – INS

प्रतिक्रिया