शुक्रबार, चैत १६, २०८०

बैंकिङ प्रणालीमा अधिक तरलता, २० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी !

नेपालखोज २०७७ जेठ २८ गते १४:४१

काठमाडौँ । केन्द्रीय बैंकले २० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गरेको छ । यसमा आज (जेठ २८ गते) दिउँसो ३ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकले एक हप्ताका लागि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगानी गर्न पाउने गरी रिभर्स रिपो जारी गरेको हो ।

रिभर्स रिपोमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो ३ बजेसम्म बिडिङ गर्नुपर्नेछ । यो रिपो असार ३ गते परिपक्क हुनेछ । बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी ९तरलता० अत्याधिक भएपछि राष्ट्र बैंकले तरलता प्रशोचन (वित्तीय प्रणालीबाट खिच्ने) रिभर्स रिपो जारी गरेको हो ।

प्रतिक्रिया