बिहीबार, माघ १०, २०८१

अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोइडको अन्त्येष्टि, आन्दोलन र प्रदर्शनहरु जारी राख्ने

नेपालखोज २०७७ जेठ २८ गते १५:०९

काठमाडौँ । केही दिनअघि प्रहरीले नियन्त्रणमा लिएर हत्या गरिएका अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोइडको टेक्सासस्थित ह्युस्टन शहरमा अन्तिम संस्कार गरिएको छ ।

Advertisement

उनकै गृहनगरमा गरिएको अन्तिम संस्कारमा सहभागीहरुले नश्लिय हिंसाविरुद्ध एकजुट हुनुपर्ने आवाज उठाएका    छन् ।

सहभागीहरुले फ्लोइडले न्याय नपाएसम्म आन्दोलन र प्रदर्शनहरु जारी राख्ने बताएका छन् ।

सहभागीहरुले फ्लोइडको हत्याले अमेरिकामा रहेको नश्लिय विभेदको चरम नमूना रहेको प्रतिक्रिया दिएका छन् ।

श्रद्धाञ्जली सभामा पूर्व अमेरिकी उपराष्ट्रपति जो वाइडेनले पीडितले न्याय पाउने बताएका छन् ।

उनले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन फ्लोइड हत्या प्रकरणमा उदासिन रहेको आरोपसमेत लगाए ।

गत मे २५ मा निनियापोलिस शहरमा प्रहरीले नियन्त्रणमा लिने क्रममा घुँडाले फ्लोइडको घाँटीमा नौ मिनेट थिचेर हत्या गरेको भिडियो सार्वजनिक भएको थियो ।

घटना लगत्तै उक्त प्रकरणमा सहभागी प्रहरीलाई बर्खास्त गरि कारवाही प्रक्रियाअघि बढाइएको अधिकारीहरुले जनाएका छन् ।

तर अमेरिका लगायत विश्वभर जातीय हिंसार विभेदविरुद्ध प्रदर्शनहरु जारी रहेका छन् ।- एजेन्सी

प्रतिक्रिया