नेपालमा मनसुन पाँच दिन ढिलो गरि भित्रिने
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार नेपालमा मनसुन भित्रिन अझैं केही दिन लाग्ने भएको छ । बुधबार अर्थात् जुन १० का दिन नेपालमा मनसुन भित्रिनु पर्नेमा पाँच दिन ढिलो गरी भित्रिने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मनसुन भित्रिनका लागि जुन खालको वातावरण हुनुपर्ने हो, त्यो बनिनसकेकाले अझै पाँच दिन लाग्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताए । नेपालमा मनसुन भित्रिनका लागि पानी पर्ने गतिविधि बढ्नाका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरी न्यून चापीय रेखा बन्नुपर्छ ।
“यी प्रणालीहरु विकसित हुने क्रमै रहेकाले मनसुन केही दिन ढिलो भित्रिने सम्भावना रहेको हो”, मौसमविद् कँडेलले भने । यसका साथै मनसुन प्रवेश गर्नका लागि मनसुनी हावा वायुमण्डलको तल्लो सतहदेखि माथिलो सतहसम्म रही त्यसको प्रवेश राम्रोसँग देखिन न्यून चापीय रेखा स्पष्टसँग देखिनुपर्ने हुन्छ र न्यून चापीय क्षेत्रको विकास भएर न्यून चापीय रेखा नेपालतिर परेको हुनुपर्छ ।
गत वर्ष पनि १० दिन ढिलो अर्थात् ९२० जुन० मा मनसुन भित्रिएर असोज २५ मा बाहिरिएको थियो ।
प्रतिक्रिया