शुक्रबार, वैशाख ७, २०८१

मंगलबार दुई घण्टामा ६६ करोडभन्दा बढीको शेयर कारोबार, ५.४६ अंक घटेको बजारमा दुई कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि

नेपालखोज २०७७ भदौ २३ गते १३:१७

काठमाडौं । मंगलवार दुई घण्टाको कारोबारमा ६६ करोड ७० लाख ३० हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस अवधिसम्म १८१ कम्पनीको ९ हजार ८१६ पटकको व्यापारमा उक्त रकम बराबरको १५ लाख ८४ हजार २०१ कित्ता शेयर खरिद विक्री भएको हो ।

यस अवधिमा नेप्से परिसूचक भने ५ दशमलव ४६ अंक घटेर १ हजार ४८२ दशमलव ३४ विन्दुमा झरेको छ । सेन्सेटिभ इन्डेक्समा पनि १ दशमलव शून्य ४ अंकको गिरावट आएको छ ।

घटेको बजारमा मंगलवार उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था र एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । यस अवधिसम्म उन्नती सहकार्य लघुवित्तको शेयरमूल्य ९ दशमलव ९३ प्रतिशत र एनआरएन लघुवित्तको शेयरमूल्य ९ दशमलव ९१ प्रतिशत बृद्धि भएको हो ।

यो अवधिसम्म एनआरएन इन्फ्रास्टक्चर डेभलपमेण्ट लिमिटेडको शेयरमूल्य ससबैभन्दा बढी ९ दशमलव ८६ प्रतिशत घटेको छ । त्यस्तै जोशी हाइड्रोको शेयरमूल्य पनि ८ दशमलव १४ प्रतिशतले कमि आएको छ । दुई घण्टाको कारोबार अवधिमा १२ समूहमध्य व्यापारिक समूहको शून्य दशमलव ६४ प्रतिशत, विकास बैंकको शून्य दशमलव शून्य ३ प्रतिशत, वित्त समूहको शून्य दशमलव ३६ प्रतिशत, निर्जीवन बीमा समूह शून्य दशमलव शून्य ९ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ४७ प्रतिशत बढेको छ ।

प्रतिक्रिया