नेपाल ग्यासका दुई हजार पुराना सिलिन्डर नष्ट
नेपालखोज
२०७७ जेठ २८ गते १८:५७
काठमाडौँ । नेपाल ग्यास उद्योगले दुई हजार ग्यास सिलिन्डर नष्ट गरेको छ। उपभोेक्ताको सुरक्षाको लागि भन्दै पुराना सिलिन्डर नष्ट गरेको हो।
उद्योगले हाइड्रोलिक परीक्षण गर्दा प्रयोग गर्न नमिल्ने भएपछि नष्ट गरेको हो। बुधबार सरकारी निकाय र विभिन्न उपभोक्ता अधिकार संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा ति सिलिन्डर नष्ट गरेको अधिकारकर्मी माधव तिमल्सिनाले बताए।
उद्योगले चौथो पटक आफ्ना ग्यास सिलिन्डर नष्ट गरेको हो। यसअघि पनि प्रयोग गर्न नमिल्ने सिलिन्डरलाई वर्षभरी संकलन गरेर नष्ट गर्ने गरेको छ। नेपाल आयल निगम, नेपाल गुणस्तर तथा नापतौल विभाग, उद्योगी, अधिकारकर्मीलगायतको उपस्थितिमा ति सिलिन्डर नष्ट गरिएको थियो।
सम्बन्धित
प्रतिक्रिया