सरकारविरुद्ध बालुवाटारमा विरोध प्रदर्शन

नेपालखोज २०७७ जेठ २९ गते १२:२९

काठमाडौं । बालुवाटारमा सरकारविरुद्ध विरोध प्रदर्शन भएको छ ।

कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने लगायतका माग राखेर सरकारविरुद्ध प्रदर्शन भएको हो ।

प्रहरीले पानीको फोहोरा र अश्रुग्याससमेत प्रहार गरेर प्रदर्शनकारीलाई तितरवितर पारेको छ ।

निषेधित क्षेत्रमा प्रदर्शन गरेकाले केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया