सरकार विरुद्ध चितवनमा पनि प्रदर्शन
नेपालखोज
२०७७ जेठ २९ गते १४:०१
नेपाल खोज डेक्स,
चितवन । कोरोना भाइरस नियन्त्रण तथा उपचारका लागि सरकारले खर्च गरेको रकम सार्वजनिक गर्न माग गर्दै चितवनमा युवाहरुले मौन प्रदर्शन गरेका छन्।
जिल्लाका विभिन्न स्थानबाट भरतपुरमा जम्मा भएका युवाहरुले राष्ट्र भक्तिका गीत बजाउँदै प्ला कार्ड प्रदर्शन गरेका थिए। सरकारले गरेको खर्चको हिसाब सार्वजनिक गर्नुपर्ने, पीसीआर जाँचको दायरा बढाउनुपर्ने, क्वारेन्टिन व्यवस्थापन राम्रो गर्नुपर्ने लगायत माग प्रदर्शनकारीको छ।
सरकारले कोरोना उपचारका लागि १० अर्ब रुपैयाँ खर्च भएको सार्वजनिक गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ।
यसै विषयलाई लिएर हिजो बुधबार काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको थियो। आज पनि प्रधानमन्त्रीको निवास बालुवाटार अगाडि प्रदर्शन भइरहेको छ।
सम्बन्धित

प्रतिक्रिया