सोमबार, वैशाख १५, २०८२

कोरोना : विश्वभर ४ लाख १९ हजारको मृत्यु

नेपालखोज २०७७ जेठ २९ गते १४:५०

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट विश्वभर ४ लाख १९ हजार मानिसको मृत्यु भएको छ । अमेरिकामा मात्रै मृतकको संख्या १ लाख १५ हजार नाघेको छ ।

विश्वमा संक्रमितको संख्या साढे ७४ लाख नाघ्दा सबैभन्दा बढी अमेरिकामा यो संख्या २० लाख ६६ हजार नाघेको छ ।

अमेरिकापछि मृत्यु बढी भएको बेलायतमा कोरोनाबाट मर्नेको संख्या ४१ हजार १ सय नाघेको छ । त्यहाँ संक्रमितको संख्या २ लाख ९० हजारभन्दा बढी छन् ।

संक्रमितको दृष्टिले अमेरिकापछि ब्राजिलमा धेरै अर्थात् ७ लाख ७५ हजार व्यक्ति संक्रमणमा परेका छन् । त्यहाँ करिब ४० हजार व्यक्तिको मृत्यु भएको छ । ४ लाख ९३ हजार संक्रमित रहेकेको रुसमा मृतक भने ६३ सय मात्र छन् ।

स्पेनमा २७ हजार बढी व्यक्तिको मृत्यु हुँदा त्यहाँ संक्रमितको संख्या २ लाख ८९ हजार कटेको छ । २ लाख ८७ हजार संक्रमित रहेको भारतमा मृतकको संख्या ८ हजार नाघेको छ ।

इटालीमा २ लाख ३५ हजार संक्रमित रहँदा ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । कोरोना भाइरस शुरु भएको देश चीन भने संक्रमितको दृष्टिमा शीर्ष दश राष्ट्रमा छैन । ८३ हजार संक्रमितसहित चीन १८ औं स्थानमा रहेको छ । त्यहाँ ४ हजार ६३४ जनाको मृत्यु भएको छ ।

जबकी दक्षिण अमेरिकी मुलुक पेरु २ लाख ८ हजार संक्रमितसहित आठौं स्थानमा रहेको छ । त्यहाँ करिब ६ हजार व्यक्तिको मृत्यु भएको छ ।

फ्रान्समा २९ हजार व्यक्तिको मृत्यु भएको छ । मेक्सिकोमा १५ हजारभन्दा बढी, क्यानडामा करिब ८ हजार, जर्मनीमा ८८ सय व्यक्तिको मृत्यु भएको छ ।

प्रतिक्रिया