ह्याम्स अस्पतालका कोरोना संक्रमित डिस्चार्ज
नेपालखोज
२०७७ जेठ ३० गते १४:५६
काठमाडौं । धुम्बाराहिस्थित ह्याम्स अस्पतालमा कोरोना संक्रमण देखिएका ६० वर्षे पुरुष उपचारपछि डिस्चार्ज भएका छन्। उनी शुक्रबार संक्रमण मुक्त भई डिस्चार्ज भएको अस्पतालले जनाएको छ।
उनलाई कास्की जिल्लाबाट उपचारका लागि जेठ २० गते हेलिकोप्टरबाट ह्याम्स अस्पताल ल्याइएको थियो। उनको पिसिआर परीक्षण पोजिटिभ आएपछि उनी अस्पतालको आइसियु भेन्टिलेटरमा उपचार भइरहेको थियो। अस्पतालले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र सरकारको मापदण्डमा रही उपचार गरेको जनाएको छ।
अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै उपचारमा संलग्न चिकित्सक, नर्स, प्यारामेडिक्स लगायत सबैलाई धन्यवाद दिएको छ। ‘भविष्यमा कोभिड १९ को साथै अन्य बिरामीको लागि पनि विभिन्न सेवाहरु सुचारु रहेको आम जनसमुदायमा जानकारी गराउन चाहन्छौं,’ अस्पतालद्धारा जारी विज्ञप्तिमा भनिएको छ।
सम्बन्धित
प्रतिक्रिया