दुई पाङ्ग्रेको हकमा जोर–बिजोर लागू नहुने !
नेपालखोज
२०७७ जेठ ३० गते १६:२४
काठमाडौँ । मोटरसाइकल र स्कुटरको हकमा जोर–बिजोर प्रणाली लागू नहुने भएको छ । ट्राफिक प्रहरीका अनुसार मोरसाइकल वा स्कुटरमा दुईजना भने सवार गर्न पाउने छैनन् । स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी, बिरामी र अत्यावश्यक काम हुनेहरू भने दुई जना सवार गर्न सकिने ट्राफिक प्रहरीले जनाएको छ।
बिहीबार मात्रै सरकारले दुई पाङ्ग्रे सवारी साधनमा दुई जना चढ्न नपाउने तथा जोर गतेका दिन जोर र बिजोर गतेमा बिजोर नम्बरका साधन मात्रै चल्न पाउने निर्णय सार्वजनिक गरेको थियो।
पारिवारिक सदस्य र नजिकका आफन्त, नातेदार मात्रै मोटरसाइकलमा सँगै सवार हुने हुँदा सरकारी निर्णयको चर्को आलोचना भइरहेको छ।
चार पाङ्ग्रे सवारी साधन भने जोर बिजोर प्रणालीमार्फत् मात्रै चल्न पाउनेछन्।
सम्बन्धित
प्रतिक्रिया