बुधबार, जेठ १६, २०८१

यसरी मनाइयो तराईमा होली ! (फोटो फिचर)

नेपालखोज २०७८ चैत ४ गते १९:२९

काठमाडौं । रङको पर्व होली आज तराईका जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइएको छ । एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ ।

बालबालिकाले पिचकारी खेलेर पर्वको रौनक अझ बढाएको पाइएको छ । होली काठमाडौं उपत्यका लगायत पहाड तथा हिमाली भेगमा भने होली हिजो नै मनाइँएको छ । हिमाल तथा पहाडमा मनाएको भोलिपल्ट तराईका जिल्लामा मनाउने प्रचलन छ ।

होलीले सामाजिक सद्भाव पनि बढाउने भएकाले यसमा अन्य धर्मावलम्बी सामेल हुने गरेको पाइएको छ । केही मुसलमान समुदायका युवाले होली मनाउने समूहसँग मिलेर पर्व मनाउने गरेको युवा नेता वसिम आलमले बताए। बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर देश नेपालमा मनाइने विभिन्न चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने विश्वास गरिन्छ ।

यस पर्वका लागि बजारमा फलफूल, मासु, रङ र अबिरको बिक्री बढेको पाइएको छ । खसीको मासुको मूल्य किलो रु २०० बढेर प्रतिकिलो रु एक हजार २०० पुगको छ । ब्रोइलर कुखुराको मासु रु ३८० बाट प्रतिकिलो रु ४५० पुगेको स्थानीय मासु पसले मोहम्मद करियाले जानकारी दिए ।

स्बिर : रासस

प्रतिक्रिया