शनिबार, माघ १२, २०८१

कुवेतबाट आज थप १ सय ४९ जना नेपाली स्वदेश फर्किए

नेपालखोज २०७७ जेठ ३० गते १७:१४

काठमाडौँ । कुवेतबाट शुक्रबार थप १ सय ४९ जना नेपाली स्वदेश फर्किएका छन् । जसमा २ वर्षभन्दा मुनिका ७ जना बच्चा रहेका छन् । यस्तै, १२ वर्षभन्दा कम उमेरका अन्य २ बालबालिका र १४० जना महिला रहेका छन् । कुवेतको जजिरा विमानले उनीहरुलाई नेपालसम्म ल्याएको हो । आम माफी पाएका नेपाली कामदारलाई स्वदेश फर्काउने निर्णय अनुसार कुवेत सरकार आफैले उनीहरुलाई नेपाल ल्याइदिएको हो ।

Advertisement

बिहीबार मात्रै कुवेतबाट २ सय ९९ जना नेपाली महिला कामदार स्वदेश आएका थिए । विदेशमा रहेका अलपत्र आफ्ना नागरिकलाई स्वदेश फर्काउने सरकारको निर्णय गरिसकेको छ । नेपाल सरकारको यस निर्णयपछि विभिन्न मुलुकले आफ्नै खर्चमा नेपाली कामदारलाई यहाँसम्म ल्याइदिने व्यवस्था मिलाइरहेका छन् ।

प्रतिक्रिया