संविधान संशोधन विधेयकमाथि आज संसद्मा मतदान हुँदै

नेपालखोज २०७७ जेठ ३१ गते १०:२१

काठमाडौं । संविधान संशोधन विधेयकमा आज दिउँसो १ बजे मतदान हुुदैछ । सभामुख अग्निप्रसाद सापकोटाले मतदान गर्ने तयारी गर्न संसद सचिवालयलाई निर्देशन दिइसकेको बताइएको छ ।

सत्तारुढ नेकपाले संविधान संशोधन प्रक्रियासँग सम्बन्धित सबै कारबाहीमा भाग लिन ह्वीप जारी गरेको छ । त्यस्तै, विपक्षी नेपाली कांग्रेसले सांसदहरुलाई मतदान गर्न निर्देशन दिएको छ ।

प्रतिनिधिसभामा मंगलबार राति विधेयकमाथि सैद्धान्तिक छलफल गरेर संशोधन दर्ता गराउने प्रस्ताव सर्वसहमतिले पारित गरेको थियो । संसदमा रहेका सबै दलहरू संविधान संशोधनका पक्षमा एकमत भएका छन् ।

प्रतिक्रिया