कतारमा समस्यामा परेर स्वदेश फर्किने नेपालीको सूची सार्वजनिक
काठमाण्डौँ । कतारमा रहेको नेपाली दूतावासले त्यहाँ समस्यामा परेर स्वदेश फर्कनुपर्ने नेपालीको सूची सार्वजनिक गरेको छ । प्राथमिकतामा परेका र कम्पनीहरुले नै नेपालीको स्वदेश फिर्तीका लागि विवरण टिपाएका गरी ६ हजार ७७ जनाको विवरण दूतावासले शुक्रबार सार्वजनिक गरेको हो ।
विभिन्न कारणले समस्यामा परेका ५ हजार १ सय १२ जना प्राथमिकतामा परेका छन् भने ९६५ जनाको स्वदेश फिर्तीका लागि कम्पनीले नै दूतावासमा विवरण टपाएका छन् । म्पनीले नै स्वदेश फर्काइदिने नेपालीको कम्पनीले नै टिकटको व्यवस्था गरिदिनेछन् भने अन्य विभिन्न कारणले समस्यामा परेका र कम्पनीले पनि टिकट नदिएमा नेपाली आफैँले टिकट लिनुपर्नेछ ।
कतारमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि पहिलो चरणमा ४ वटा उडान हुनेछन् । तर दूतावासले अहिले सार्वजनिक गरेको सूचीअनुसार पहिलो चरणमा सबै नेपाली फर्कन पाउने छैनन् ।
उनीहरुबाट पनि प्राथमिकता छुट्याएर दूतावासले पहिलो चरणमा प्राथमिकतामा परेको नेपालीको सूची फेरि सार्वजनिक गर्ने या व्यक्तिगत रुपमै सम्पर्क गरेर जानकारी गराउने जनाएको छ ।
प्रतिक्रिया