बिहीबार, जेठ २, २०८२

संविधान संशोधन विधेयकका पक्षमा मतदान गर्न समाजवादीको ह्वीप, गिरीलाई संशोधन फिर्ता लिन पुन: निर्देशन

नेपालखोज २०७७ जेठ ३१ गते १३:३२

काठमाडौँ । समाजवादी पार्टीले सरकारले दर्ता गराएको संविधान संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ।

सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सांसद सरिता गिरीलाई संविधान संशोधन विधेयकमाथि राखेको संशोधन प्रस्ताव फिर्ता लिन पनि दोहोर्‍याएर निर्देशन दिएको छ ।

दलले ह्वीप जारी गरेर संशोधन फिर्ता गर्न निर्देशन दिएलगत्तै गिरीले यसबारे विचार गर्ने भन्दै बाहिरिएकी छन्।

सकरारले जारी गरेको नयाँ नक्सा अनुसार संविधानको अनुसूची ३ मा व्यवस्था गरिएको निसान छापमा रहेको नेपालको नक्सा अद्यावधिक गर्नका लागि संशोधन विधेयक ल्याएको हो । सांसद गिरीले सरकारको विधेयक गलत भन्दै संशोधन प्रस्ताव दर्ता गरेकी थिइन् ।

आजको प्रतिनिधिसभाको बैठकले संशोधन विधेयकलाई पारित गर्ने कार्यसूची छ । गिरीले दर्ता गराएको संशोधन नियमविपरित भएकाले सभामुखले खारेज गर्न सक्ने कानुविद्हरुले बताएका छन् ।

प्रतिक्रिया