आइतबार, चैत ९, २०८१

रोल्पाका थप १७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालखोज २०७७ जेठ ३१ गते १५:०४

रोल्पा । रोल्पाका १७ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परीक्षणबाट १ महिलासहित १७ जनामा कोरोना संक्रमण देखिएको हो । योसंगै रोल्पामा संक्रमितको संख्या ३४ पुगेको छ ।

Advertisement

शनिबार दिउँसो १ बजे अस्तालले जारी गरेको सूचना अनुसार रोल्पा नगरपालिका–१ मा पहिलोपटक पाँच जनामा कोरोना संक्रमण देखिएको हो । सुनिलस्मृति गाउँपालिकामा १२ जना संक्रमित देखिएको अस्पतालले जनाएको छ ।

यसअघि सुनिलस्मृति गाउँपालिकामा १७ जना संक्रमित फेला परेका थिए । त्यहाँ संक्रमितको संख्या २९ पुगेको छ । रोल्पा नगरपालिका–१ को क्वारेन्टाइनमा बसिरहेका १८ वर्षीय दुई, २१, २२ र २५ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । उनीहरु भारतको बम्बैबाट फर्किएका हुन् ।

उनीहरुको स्वास्थ्य अवस्थामा सामान्य रहेको रोल्पा नगरपालिकाका मेयर पुरण केसीले जानकारी दिए । नगरपालिकाले क्वारेन्टाइनमा राखिएकाको स्वाब संकलन गरेर परीक्षणका लागि भेरी अस्पताल पठाएको थियो । बामरुकबाट मात्र ३३ जनाको स्वाब पठाइएको थियो ।

प्रतिक्रिया