सोमबार, वैशाख २४, २०८१

राष्ट्रियसभा निर्वाचनका लागि मधेश प्रदेशमा एमाले र लोसपाकाे गठबन्धन

नेपालखोज २०७८ माघ ६ गते १८:१९

काठमाडाैं । मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले गठबन्धन गरेको छ । बिहीबार नेकपा एमाले र लोसपाले संयुक्त रुपमा एक पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धन गरिएको जानकारी दिएको हो ।

यी दुई दलबीच महिला समूहको उम्मेद्वार लोसपालाई दिने र अन्य समूहको उम्मेद्वार एमालेलाई दिने सहमति भएको छ । कार्यक्रममा नेकपा एमालेका सचिव रघुवीर महासेठले आफ्नो पार्टी सरकारमा हुँदा मधेशको विकासको लागि काम गरेको बताए । उनले लोसपासँग मिलेर काम गर्न पाउँदा खुशी लागेको बताउँदै सरकारमा मधेशी जनताको हक अधिकारको कुरा र एजेण्डा उठाउने बताए ।

सचिव महासेठले भने, ‘लोसपासँग मिलेर सरकारले काम गर्दा मधेश प्रदेशमा धेरै राम्रा विकासका कामहरु गरेको थियो । हामीले सरकारमा रहँदा मधेशको जनताका एजेण्डा साथमा लिएर अघि बढेका थियौँ ।’

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन्द्र सोनलले नेकपा एमालेसँग सहकार्य गरेर मधेशको भावनाको, उत्पीडनमा परेका मानिसहरुको, आदिवासी, दलित, जनजाती, मधेशी, महिला, मुस्लिम, थारुहरुको भनाइ सरकारमा लैजाने बताए । उनले एउटा धारणाअनुसार सरकार सञ्चालन हुनुपर्ने पनि बताए । नेता सोनालले मधेसको जनताको अधिकारको लागि आफ्नो पार्टी गम्भीर रहेको बताए

प्रतिक्रिया