रौतहटमा कोरोना संक्रमितको संख्या ७ सय नाघ्यो

नेपालखोज २०७७ जेठ ३१ गते १९:२६

रौतहट । नेपालको सबैभन्दा बढी रौतहट जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएको छ । शनिवार रौतहटमा ९२ जनामा कोरोना संक्रमणको पुष्टि भएका् छ । योसँगै रौतहटमा संक्रमितको संख्या ७ सय नाघेको छ ।

रौतहट जिल्ला अस्पतालका प्रमुख महेश साहका अनुसार परोहा नगरपालिकाका ५२ जना, ईशनाथका २३, राजपुरका १२ र देवाही गोनाहीको ५ जनागरी कुल ९२ जनामा संक्रमणको पुष्टि भएको हो ।

रौतहटमा कोरोना भाइरस संक्रमितको संख्या शनिवार अपरान्हसम्म सात सय ११ पुगेको प्रमुख साहले बताए । संक्रमित बसैजना सम्बन्धित पालिकास्थित क्वारेन्टिइनमा बस्दै आएका छन् । भारतमा लकडाउन लामो समयसम्म चलेको कारण विभिन्न सहरमा रोजगारी गरेर बसेकाहरु आआफनो घर फर्केका थिए ।

भारतको मुम्बई, दिल्ली, गुजरातलगायतका सहरबाट फर्केर जिल्लाको विभिन्न क्वारेन्टिनमा हजारौं मानिस बसिरहेका छन् । उनीहरुमा कोरोना संक्रमण देखिन थालेपछि रौतहटमा संक्रमितको संख्या दिन प्रतिदिन बढदै गएको छ ।

 

प्रतिक्रिया