कोरोना कहर : विश्वमा संक्रमितको संख्या ७८ लाख नाघ्यो, ४० लाख निको भए !
एजेन्सी । विश्वमा कोरोना संक्रमितको संख्या ७८ लाख ५९ हजार नाघेको छ । भने ४ लाख ३२ हजार बढीको मृत्यु भइसकेको छ । विश्वभर ४० लाख ३५ हजार संक्रमित निको भएर घर फर्किएका छन् ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना संक्तमितको संख्या २१ लाख ४२ हजार नाघिसकेको छ । भने त्यहाँ १ लाख १७ हजार ५ सय बढीले ज्यान गुमाइसकेका छन् ।
त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख २१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा १२ हजार २३ जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरस संक्रमण हुने मानिसको संख्या ३ लाख २१ हजार ६२६ पुगेको हो ।
एकै दिन अरू ३०९ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या भारतमा ९ हजार १९९ पुगेको छ । एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख ६२ हजार ३२६ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया