बिहीबार, वैशाख १३, २०८१

चौबीस घण्टामा ०५ संक्रमित, २० जना निको

नेपालखोज २०७९ मंसिर ६ गते १७:१९

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर ०५ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणबाट शून्य जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार १ हजार २८६ जनाको नमुना परीक्षण गर्दा ०५ जनामा कोरोना संक्रमण देखिएको हो ।

८९० जनाको पीसीआर परीक्षण गर्दा ०४ जनामा र ३९६ सय जनाको एन्टिजेन परीक्षण गर्दा ०१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २० कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने ३९० पुगेको छ ।

प्रतिक्रिया