बंगलादेशमा अलपत्र नेपालीको आजदेखि उद्धार गरिदै
नेपालखोज
२०७७ जेठ ३२ गते १२:०९
काठमाडौं । विदेशमा अलपत्र परेका नेपालीलाई आजदेखि नेपाल एयरलाइन्सको चार्टर्ड उडानमार्फत स्वदेश फर्काइँदैछ ।
विभिन्न मुलुकमा अलपत्र नेपाली ल्याउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी लगानीको हिमालय एयरलाइन्सका जहाज प्रयोग हुनेछन् ।
नेपाल एयरलाइन्सले आज बङ्गलादेशको ढाकाबाट अलपत्र नेपाली नागरिक ल्याउने कार्यतालिका छ । नेपाल एयरलाइन्सको वाइडबडी ए–३३० जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान साढे १० बजे ढाका उडेको छ । उताबाट दिउँसो साढे २ बजे काठमाडौँ अवतरण गर्नेछ ।
सम्बन्धित
प्रतिक्रिया