शुक्रबार, चैत १६, २०८०

लिग संघारमा आइपुग्दा नर्विच सिटीका खेलाडीलाई कोरोना संक्रमण

नेपालखोज २०७७ जेठ ३२ गते १३:२७

लिग संघारमा आइपुग्दा नर्विच सिटीका खेलाडीलाई कोरोना संक्रमणकाठमाडौँ । इंग्लिस प्रिमियर लिग९ईपीएल० क्लब नर्विच सिटीका एक खेलाडीमा कोरोना पोजेटिभ देखिएको छ। कोरोनाको पछिल्लो राउन्डको टेस्टमा दुई खेलाडीमा कोरोना देखिएकोमा एक नर्विच सिटीका छन्।

इंग्ल्यान्डमा जुन १७ बाट ईपीएल सुरु गर्नका लागि विभिन्न चरणमा खेलाडीको कोरोना परीक्षण गरिँदै छ। पछिल्लो राउन्डमा १२ सय जनामा कोरोना परीक्षण गरिएकोमा २ जनालाई कोरोना देखिएको हो। अर्का खेलाडी कुन क्लबका हुन् भन्ने विवरण भने खुलाइएको छैन।

खेलाडीमा कोरोना देखिएपछि नर्विचले एक सूचना जारी गर्दै खेलाडी सात दिनका लागि सेल्फ आइसालेसनमा रहेको बताइएको छ। ‘मेडिकल गोपनियताका कारण उनको नाम सार्वजनिक गरिएको छैन। यो समयमा मेडिकल गोप्यता महत्वपूर्ण छ,’ नर्विच क्लबले भनेको छ।

कोरोना संक्रमण पाइएसँगै ती खेलाडीले लिगको पहिलो खेल गुमाउने भएका छन्। कोरोनापछि फुटबल मैदान फर्कने क्रममा रहँदा कोरोना संक्रमित खेलाडीको घट्न थालेको थियो। तर सुरु हुने समयमा भने नर्विचमा कोरोना देखिएको हो।

लिग यही बुधबारबाट सुरु हुँदै छ भने नर्विचको खेल शुक्रबार छ।

प्रतिक्रिया