५ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि
नेपालखोज
२०७७ जेठ ३२ गते १४:५९
वीरगन्ज । पर्साको पोखरिया नगरपालिकामा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नगरपालिकाकै एम्बुलेन्स चालकसहित ५ स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको नारायणी अस्पतालले जनाएको छ।
ड्युटी गरिरहेका ५ जना सहकर्मीहरु कोरोना संक्रमित भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए। पर्साका १७ जना संक्रमितमध्ये तीन जना महिला हुन्।
स्वास्थ्यकर्मी बाहेक अन्य संक्रमित भने भारतबाट फर्किएर क्वारेन्टाइन बसेकाहरु रहेको डा। उपाध्यायले जानकारी दिए।
सम्बन्धित

प्रतिक्रिया