एमसीसीबारे छलफल गर्न बोलाइएको नेकपा सचिवालय बैठक अन्तिम समयमा स्थगित

नेपालखोज २०७७ जेठ ३२ गते १६:५७

नेपाल खोज डेक्स,
काठमाडौँ । सत्तारुढ नेकपा सचिवालय बैठक स्थगित भएको छ। एमसीसी सम्झौता लगायत विभिन्न विषयमा छलफल गर्न आज ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको नेकपा स्रोतले जानकारी दिएको छ। बैठक स्थगितको कारणबारे भने केही खुलाइएको छैन।

बैठकमा अर्थमन्त्री युवराज खतिवडा, भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पनि बोलाइएको थियो।

नेता रावल र परराष्ट्रमन्त्री ज्ञवाली पार्टीले एमसीसीबारे अध्ययन गर्न गठन गरेको कार्यदलका सदस्य हुन्।

नेकपाभित्र विवाद हुँदा एमसीसी सम्झौता संसदबाट अनुमोदन हुन सकेको छैन।

प्रतिक्रिया