बिहीबार, जेठ २, २०८२

भारत कोरोना संक्रमित सबैभन्दा प्रभावित देशको चौथो स्थानमा

नेपालखोज २०७७ जेठ ३२ गते १७:३५

काठमाडौँ । भारत सबैभन्दा धेरै कोरोना संक्रमित भएको देशको चौथो नम्बरमा पुगेको छ । भारतमा अहिलेसम्म ३ लाख २१ हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन् ।

त्यहाँ मृत्यु भने ९ हजार १ सयभन्दा बढी व्यक्तिको भएको छ । भारतमा दैनिक संक्रमितको संख्या १२ हजार पुगेको छ । संक्रमितको संख्या ह्वार्रह्वार्ती बढ्दा लकडाउन खुकुलो बनाइएको छ भने मानिसहरु भीड हुने क्षेत्र खुल्ला बनाइएको छ ।

भारतभन्दा अगाडी पहिलो स्थानमा अमेरिका, दोस्रोमा ब्राजिल र तेस्रोमा रुस रहेका छन् । सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा २१ लाख ४२ हजार पुगेका छन् । अमेरिकामा मृत्युका हिसाबले पनि सबैभन्दा बढी रहेका छन् । त्यहाँ १ लाख १७ हजारभन्दा बढीको मृत्यु भैसकेको छ ।

दोस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमित साढे आठ लाख नाघेको छ । त्यहाँ मृतक भने ४२ हजार ७ सयभन्दा बढी छन् । ब्राजिल मृत्युको दृष्टिले पनि दोस्रो स्थानमा पुगेको हो । तेस्रो स्थानमा रहेको रुसमा भने ५ लाख २० हजार संक्रमित हुँदा ६ हजार ८ सयको मृत्यु भएको छ ।

बेलायतमा भने ४१ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ भने २ लाख ९४ हजार संक्रमित भएका छन् ।

प्रतिक्रिया