बुधबार, वैशाख २६, २०८१

वायर्न म्युनिख जर्मन बुन्डेसलिगा फुटबलको उपाधि नजिक

नेपालखोज २०७७ जेठ ३२ गते १३:०८

काठाडौँ । जर्मन बुन्डेसलिगा फुटबलमा लिग लिडर वायर्न म्युनिखले संघर्षपूर्ण जित निकालेको छ ।

गएराति भएको खेलमा बायर्नले बोरुसिया मुन्छेनग्लाडबाखलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानको जितसँगै वायर्न उपाधि नजिक पुगेको छ । अब वायर्नलाई उपाधि जित्न मात्र एक जितको आवश्यकता रहेको छ ।

कोरोनको महामारीले स्थगित लिग पुनः सुरु भएपछि वायर्नको यो लगातार पाँचौ जित हो । यस्तै वायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमण्डविरुद्ध ७ अंकको अग्रता बनाएको छ ।

वायर्नले ३१ खेलबाट ७३ अंक जोडेको छ । डर्टमण्डको ६६ अंक रहेको छ । लिगको चौंथो स्थानमा रहेको मुन्छेनग्लाडबाखले ५६ अंक रहेको छ । – एजेन्सी

प्रतिक्रिया