आइतबार, जेठ ६, २०८१

विश्व टेबलटेनिसको दक्षिण एसियाली छनोट नेपालमा हुने

नेपालखोज २०७९ मंसिर १४ गते ७:३७

काठमाडाैं । विश्व टेबलटेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली क्षेत्रीय टेबलटेनिस छनोट प्रतियोगिता नेपालमा हुने भएको छ । प्रतियोगिता मंसिर २२ देखि २५ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने आयोजक अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्यले जानकारी दिएका छन् ।

प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका तथा माल्दिभ्स गरी ६ राष्ट्रको सहभागिता रहने छ । यो प्रतियोगितामा भुटान सहभागी हुने छैन् भने सहभागि प्रत्येक राष्ट्रबाट ५ -५ जना पुरुष तथा महिला खेलाडी सहभागी हुने छन् । पुरुष – महिला सिंगल्समा लिग कम नकआउट आधारमा हुनेछ ।

पुरुष -महिलामा १६–१६ खेलाडी छनोट हुने छन् । नेपालबाट पुरुषमा रुविन महर्जन, प्रदीप रोक्का, संयोग कपाली, विनेश खानियाँ र शिवसुन्दर गोथेले प्रतिस्पर्धा गर्ने छन् भने महिलामा नवीता श्रेष्ठ, एलिना महर्जन, रविना महर्जन, शिखा सुवाल तथा इभाना थापा मगर सहभागि हुनेछन् ।

यी नेपाली खेलाडीहरुलाई मुख्य प्रशिक्षक सन्जिव ढुंगेलको नेतृत्वमा सञ्जय अर्याल र सन्ध्या शाक्यले प्रशिक्षण गराइरहेका छन् ।

प्रतिक्रिया