ला-लिगा : रियाल मड्रिडको जितले बार्सिलोनामाथिको दबाब कायम
काठमाडौँ । स्पेनिस ला–लिगा फुटबलमा उपाधि दावेदार रियाल मड्रिडले आइबरलाई पराजित गरेको छ ।
गएराति आफ्नो अस्थायी घरेलु मैदानमा भएको खेलमा रियाल मड्रिडले आइबरलाई ३–१ ले हराएको हो ।
खेलमा रियाललाई विजयी गराउन टोनी क्रस, सर्जियो रामोस र मार्सेलोले एक एक गोल गरे ।
आइबारका पेड्रो बिगासले एक गोल फर्काए । जितपछि दोस्रो स्थानको रियाल मड्रिडले शीर्ष स्थानको बार्सिलोनामाथिको दबाब कायम राखेको छ ।
लिगमा २८ खेलबाट रियाल मड्रिडको ५९ अंक भएको छ । समान खेलबाट बार्सीलोनाको ६१ अंक छ ।
रियाल मड्रिडले गएरातीको खेल आफ्नो प्रशिक्षण मैदान ‘डि स्टाफानो’ मा खेलेको थियो । मुख्य रंगशाला सान्टीयागो बर्नाबायमा निर्माण कार्य चलिरहेकोले रियालले यो सिजनका बाँकी घरेलु खेलहरु ट्रेनिङ ग्राउण्डमा खेल्दैछ ।
ला लिगा फुटबलअन्तर्गत गएराति भएका अन्य खेलहरुमा एथ्लेटिक बिल्बाओ र एथ्लेटिको मड्रिड तथा रियाल सोसीडाड र ओसासुनाले एक एक गोलको बराबरी खेलेका छन् ।
प्रतिक्रिया