बिहीबार, चैत ६, २०८१

जसपाले सरिता गिरीलाई सांसद र पार्टीबाटै निकाल्ने

नेपालखोज २०७७ असार १ गते ११:४८

काठमाडौँ । लिम्पियाधुरा नेपालको नभएको दाबी गर्दै आएकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पार्टी र सांसद दुबैबाट हटाइने भएको छ ।

Advertisement

संविधान संशोधनको पक्षमा मतदान गर्न पार्टीले गरेको ह्वीप नमानेपछि समाजवादी पार्टीले गिरीलाई दुबै पदबाट हटाउने तयारी गरेको हो ।

त्यसका लागि मंगलबार (भोलि) वा बुधबार बैठक बसेर अधिकारी निर्णय गरिने समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाकराईले नेपाल समयलाई जानकारी दिए । उनका अनुसार पार्टी अध्यक्ष उपेन्द्र यादव भतिजको बिहेका लागि विराटनगर पुगेकाले तत्कालै निर्णय नभए पनि उनी फर्किए लगतै बैठक बसेर निर्णय गरिनेछ ।

लिम्पियाधुरा सहितको भूगोल समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी भएपछि गरिएको संविधान संशोधनमा गिरीले फरक मत राखेकी थिइन्। उनले संशोधन विधेयक खारेजीको संशोधन प्रस्ताव दर्ता गराएकी थिइन्। सभामुखले गिरीको प्रस्ताव खारेज गरेका थिए।

नेतृ गिरीले अक्षम्य गल्ती गरेको भन्दै समाजवादी पार्टीका अधिकांश नेताहरुले उनलाई पार्टी र सांसद दुबैबाट हटाउन दबाब दिदै आएका छन् । राष्ट्रियतामा आँच आउने, नेपाली भूमि विदेशीको हो भन्ने, पार्टीको ह्विप नमान्ने व्यक्तिलाई तत्काल कारबाही गरिनु पर्नेमा अधिकांश नेताहरुले जोड दिएका छन् ।

गिरीको कृयाकलापले पार्टीको बद्नाम भएकाले विधि प्रक्रिया पुर्याएर पार्टी र सांसद् दुबैबाट हटाउने तयारी भएको छ । उनका कृयाकलापले राष्ट्र विरोधीहरुलाई टेवा पुगेको समाजवादीका नेताहरुको बुझाई छ ।

सांसद् गिरीले पटक पटक सार्वजनिक कार्यक्रममै लिम्पियाधुरा नेपालको नभएको, एकलौटी बनाएको नक्सा सच्याउने पर्ने लगायतको अभिब्यक्ति दिएकी थिइन् । उनको अभिब्यक्तिको जनस्तरबाट पनि चर्को आलोचना भएको थियो ।

भारत माइती भएकी नेतृ गिरी नेपाली नागरिकसंग विहे गरेको आधारमा नेपाली नागरिकता लिई राजनीतिमा सक्रिय छिन् । मन्त्रीसमेत भइसकेकी उनी पटक पटक विवादमा मुछिँदै आएकी छिन् ।

प्रतिक्रिया