क्वारेन्टाइन लैजाँदै गर्दा बसबाट हाम फालेका युवाको मृत्यु
नेपालखोज
२०७७ असार १ गते १३:३१
पर्वत । पर्वतमा क्वारेन्टाइन लैजाँदै गर्दा भीरबाट हाम फालेर गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ ।
पर्वतको कुश्मा नगरपालिका –८ मा पर्ने चुवाको भीरबाट हाम फालेर गम्भीर घाइते भएका युवाको पोखरास्थित गण्डकी क्षेत्रीय अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बागलुङ नगरपालिका १३ का ३९ वर्षीय चन्द्रबहादुर नेपालीले आज बिहान पोखरा बागलुङ सडकमा बस रोकेको अवस्थामा भीरबाट हाम फालेका थिए ।
सुनौलीबाट उद्धार गरी बागलुङ तर्फ जाने क्रममा बस रोकेको मौका पारी भीरबाट हाम फालेर नेपालीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।
लु २ ख ४२२० नम्बरको बसबाट पर्वत, बागलुङ र म्याग्दीका भारतबाट आएका नागरिकलाई क्वारेन्टाइनमा लैजादै गर्ने क्रममा उनले हाम फालेका थिए ।
सम्बन्धित

प्रतिक्रिया