शनिबार, वैशाख १५, २०८१

कर्णालीको बजेट प्रस्तुत, ‘एक स्थानीय तह एक अन्न भकारी’ कार्यक्रम लागु हुने

नेपालखोज २०७७ असार १ गते १३:५२

जुम्ला । कर्णाली प्रदेश सरकारले प्रदेश सभामा आर्थिक वर्ष २०७७\७८ का लागि बजेट प्रस्तुत गरेको छ । सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले उक्त बजेट आज सदनमा प्रस्तुत गरेका छन । उनले कर्णालीको कुल बजेट ३३ अर्ब ७४ करोड प्रस्तुत गरेका छन् ।
कूल बजेट मध्ये पुँजीगत खर्च ५७ प्रतिशत, चालु खर्च ३४ प्रतिशत र वित्तीय हस्तान्तरण तर्फ ९ प्रतिशत विनियोजन गरिएको मन्त्री ज्वालाले बताए । उनले ल्याएको बजेट भाषणले कर्णालीमा भत्ता खारेज गरेको छ ।

उनले प्रदेशको चालु आर्थिक वर्षमा आर्थिक बृद्धिदर ३.६ प्रतिशतले हुने अनुमान सहित आगामी आर्थिक वर्षमा करीब ६ प्रतिशत आर्थिक बृद्धिको लक्ष्य लिएको बताए । कर्णालीको वजेट कोरोना केन्द्रित परिस्थिति बमोजिम मुलभुतरुपमा महामारी नियन्त्रण, भोकमरी न्यूनीकरण र रोजगारी सिर्जनामा केन्द्रित रहेको छ ।

त्यस्तै कर्णाली प्रदेशले विश्व महामारी कोरोनाका कारण मृत्यु भएकाको परिवारलाई १ लाख क्षतिपूर्ति दिने भएको छ । प्रदेश बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले उक्त जानकारी दिनए ।

त्यस्तै, कर्णाली प्रदेशमा ‘एक स्थानीय तह एक अन्न भकारी’ कार्यक्रम लागु हुने भएको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आर्थिक वर्ष ०७७\८८ को बजेट विनियोज गर्दै कर्णाली प्रदेशले एक स्थानीय तह एक अन्न भण्डार कार्यक्रम ल्याइएको बताए ।

प्रतिक्रिया