सुशासन र स्वच्छता कायम हुन्छ ढुक्क रहनुहोस : प्रधानमन्त्री ओली
नेपालखोज
२०७७ असार १ गते १४:१८
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब मुलुकमा फेरि आन्दोलन जरुरी नभएको बताएका छन । सुशासन र स्वच्छता कायम गर्ने भन्दै उनले ढुक्क रहन आग्रहसमेत गरे ।
आजदेखि वैकल्पिक सिकाइ प्रविधि सुरु भएको अवसरमा शुभकामना सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले आरोप लगाएजस्तो आफुले गफ नहानेकोले मुलुक बन्नेमा ढुक्क भएर बस्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले विद्यालय बन्द हुँदा बालबालिकाको सिकाइमा क्षति हुन नदिन वैकल्पिक सिकाइ प्रक्रियाको सुरुवात गरिएको बताएका छन् ।
उनले आधुनिक प्रविधिको उपयोग गरी अधिकतम लाभ लिन पनि सबै विद्यार्थीहरुलाई आग्रह गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण विद्यालयहरु बन्द रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया