बिहीबार, वैशाख १३, २०८१

नेपाल भारत सीमा नाका बैशाख ३० सम्म वन्द हुने, लकडाउन २५ गतेसम्म

नेपालखोज २०७७ वैशाख १४ गते १९:४५

काठमाडौं । ढिलो गरी बसेको मन्त्रीपरिषद्को वैठकले कोरोना भाईरस संक्रमण बढ्न नदिनका लागि भन्दै नेपाल भारत सीमा नाका बैशाख ३० गतेसम्म वन्द गर्ने निर्णय गरेको छ । भर्खरै सम्मन्न मन्त्रीपरिषदेको वैठकले सो निर्णय गरेको हो ।

छिमकी देशहरुबाट मानिस ओहोरदाहोर गर्दा संक्रमण फैलन सक्ने भन्दै जोखिम न्यूनिकरण गर्नका लागि मन्त्रीपरिषद्ले सो निर्णय गरेको हो । सरकारले मुलुकमा लकडाउन शुरुआत गरेको दिन चैत्र १० गतेदेखि नै सीमा नाका वन्द गरेको थियो ।

त्यस्तै बैशाख १५ गतेसम्मका लागि तोकिएको लकडाउने अवधि पनि १० दिन थप गरी बैशाख २५ सम्मलाई पु¥याउने मन्त्रीपरिषद्ले निर्णण गरेको छ ।

प्रतिक्रिया