शुक्रबार, चैत ७, २०८१

सुदूरपश्चिममा आज एकै दिन ६८ जनामा कोरोना पुष्टि

नेपालखोज २०७७ असार १ गते १६:५९

कैलाली । सुदूरपश्चिममा आज एकै दिन ६८ जनामा कोरोना पुष्टि भएको छ । २४ घण्टामा थपिएको यो सङ्ख्या हालसम्मकै उच्च हो ।

Advertisement

आज संक्रमित देखिएका मध्ये ३ जना महिला र ६५ जना पुरुषमा रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । जसमा बैतडी २१, डोटीका २०, कैलालीका १३, कञ्चनपुरका ११ र अछामका ३ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ३ सय ३२ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढी कैलालीका ९३ जना, कञ्चनपुरमा ६६, डडेल्धुरामा ३९, डोटीका ३७, बैतडीमा २७, अछामका २२, बाजुराका २१, बझाङमा १४ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ ।

पुष्टि भएका २ जनाको मृत्यु भइसकेको छ भने २१ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया